Logo

भारतमा क्लिनिकबाट किनेको औषधि खाएपछि नेपाली दिदि-भाइको मृत्यु



Spread the love

२० साउन, एजेन्सी । क्लिनिकमा औषधि किने खाएका दिदि-भाइको मृत्यु भएको छ ।

भारतको दिल्लीमा बसोबास गर्दै आएका बाजुराको बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मंगलबार मृत्यु भएको हो ।

उनीहरुमा बान्ता हुने समस्य आएपछि उनका बुबाले दिल्लीस्थित शुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकबाट औषधि किनेर खुवाएको बताइएको छ । उक्त औषधि खाएपछि उनीहरुको १०\१० मिनेटको फरकमा मृत्यु भएको उनका बुबाले उल्लेख गरेका छन् ।

उनीहरूको मंगलबार नै अन्तयेष्टी गरिसकिएको बताइएको छ । क्लिनिकका डाक्टर बेदकुमार गर्गविरुद्ध शालिमारबाग प्रहरी स्टेशनमा उजुरी दिंदै उनीमाथि कारबाहीको माग गरिएपछि उनी प्रहरीको निगरानीमा छन् ।

प्रतिक्रिया दिनुहोस्