Logo

इङ्ल्याण्डको सपना चकनाचुर पार्दै इटालीले जित्यो युरोपियन च्याम्पियनसिपको उपाधि



Spread the love

इटालीले २०२० को युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ । गएराती भएको खेलमा इङ्ल्याण्डलाई सुटआउटमा ३–२ ले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि थप गरिएको समयमा गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टीबाट गरिएको हो ।

इङ्ल्याण्डका तर्फबाट जोडन सान्चो, बुकायो साका र मार्कस रास्फर्ड पेनाल्टीमा चुक्दा इटालीले उपाधिमा कब्जा जमायो । इटालीका तर्फबाट आन्द्रे बेलोटी र जर्जिन्होले पेनाल्टी खेर फालेका थिए ।

इटालीले आफ्नो अपराजित खेलको संख्या ३४ पुर्याएको छ । इटालीले सन् २००६ को विश्वकपपछि पहिलो पटक अन्तरराष्ट्रिय उपाधि जितेको हो ।

सन् २०१६ को युरो र २०१८ को विश्वकपमा समेत इटाली छनाैट हुन सकेको थिएन ।

त्यस्तै, इंग्ल्याण्ड भने सन् १९६६ पछि पहिलो पटक ठूलो प्रतियोगिताको फाइनलमा पुगेको थियो । तर, यो पटक पनि इंग्ल्याण्ड रित्तो हात नै रह्यो ।

प्रतिक्रिया दिनुहोस्