Logo

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि



Spread the love

२७ असार, एजेन्सी । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा एंगेल डी मारियाले निर्णाक गोल गरेका थिए ।

अर्जेन्टिनालाई विजयी गराउन खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गरेका थिए । मारियाले रोड्रिगो डे पलको पासमा उत्कृष्ट गोल गरेका हुन् ।

अर्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेयता मुख्य प्रतियोगिताको उपाधि पहिलो पटक जितेको हो । ब्रजिलका लागि नेयमारले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । योसँगै अर्जेन्टिनाले कोपा अमेरिकामा उरुग्वेसँग बराबरी १५–१५ उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्