Logo

नेपाल फर्किनका लागि विमान कुर्दै गर्दा साउदीमा नेपाली श्रमिकको मृत्यु



Spread the love

२२ असार, काठमाडाै । बैदेशिक रोजगारीका लागि साउदी अरब गएका एक नेपाली श्रमिकको नेपाल फर्किने तयारी गर्दर्गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिका-४ डरौलका ४८ बर्षीय बिन्देश्वर महरा रहेका छन् ।

उनी साउदीको रियादमा रहेको अल हाईडेर कम्पनीमा कार्यरत थिए ।

पारिवारिक श्रोतका अनुसार उनी साउदीमा पछिल्लो १६ वर्षदेखि काम गरिरहेका थिए । त्यहाँको बसाइ सकाएर नेपाल फर्किनै लाग्दा उनको मृत्यु खबर आएको उनको पारिवारिक श्रोतले उल्लेख गरेको छ ।

उनी उच्च रक्तचापका कारण बिरामी भएपछि अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको अस्पतालमा मृत्यु भएको हो ।

उनी बैशाखमा नै नेपाल फर्किने तयारीमा थिए । तर, सरकारले हवाइ उडानमा प्रतिबन्ध लगाएपछि उनी उतै रोकिएका थिए ।

महराका श्रीमती, ३ छोरी र १ छोरा छन् । उनको मृत्युको खबरले परिवारमा सन्नाटा छाएको छ ।

प्रतिक्रिया दिनुहोस्