Logo

दुबईमा एक जना नेपाली पुरूषलाई २५ वर्ष जेल सजाय, यस्तो छ उनले गरेको गम्भीर अपराध



Spread the love

१३ असार, एजेन्सी । युएइमा एक जना नेपाली युवालाई २५ वर्षको जेल सजाय सुनाइएको छ । दुबईको क्रिमिनल कोर्टले योजनाबद्ध रूपमा हत्या गरेको पुष्टि भएपछि उनलाई २५ वर्षको जेल सजाय सुनाएको हो ।

उनले श्रीमतीको अत्यन्तै विभत्स रूपमा हत्या गरेका थिए । उनले श्रीमतीको टाउको, घाँटी, छाती र पेटमा ११ पटक चक्कु प्रहार गरेका थिए ।

दुबइमा विदेशी नागरिकलाई सबैभन्दा धेरै २५ वर्षसम्म जेलमा राखिन्छ र त्यसपछि उसको देश पठाइने गरिन्छ ।

प्रहरीको रेकर्ड अनुसार उक्त घटना २०२० सेप्टेम्बर २५ मा भएको थियो । हत्या आरोपिलाई शेख जियाद रोडबाड प्रहरीले पक्राउ गरेको थियो । उनले २०१९ मा पिडीत महिलासँग विवाह गरेका थिए ।

गत वर्ष ती युवकले आफ्नी श्रीमती अवैध सम्बन्धमा रहेको साथीहरूले जानकारी दिएका थिए । आरोपि युवकले बारबार सम्झाउँदा पनि उनले अवैध सम्बन्धलाई निरन्तरता दिइरहेकी थिइन् । उनकी श्रीमतिसँग सम्बन्धमा बसेका व्यक्तिले फोन उठाउँदै ती युवकलाई डिस्टर्ब नगर्न भनेका थिए ।

मृत युवती बाहिर गएको बेला ती युवकले फोन गर्दा नउठाएपछि उनी सुपरमार्केटबाट चक्कु किनेर श्रीमती घर आउने प्रतिक्षा गरिरहेका थिए । उनी घर अाएपछि दिउसो फोन् उठाउने व्यक्तिको बारेमा सोधपुछ गर्दै चक्कु प्रहार गरे ।

श्रीमतिको मृत्यु भएर भुइँमा ढलेपछि उनले सबै तस्बीर लिए र प्रहरीलाई बोलाए । उक्त घटना भएको घरको गार्ड र डेलिभरी ब्वाइले उक्त घटना प्रत्यक्ष देखेका थिए ।

प्रहरीले ती युवकलाई चक्कु र मृत श्रीमतिको लास सहित पक्राउ गरेको थियो ।

उनले अदालतमा घटनाको सबै विवरण सुनाउँदै यो हत्या गरेकोबारे आफुलाई कुनै पछुतो नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्