Logo

नेपाली बजारमा सस्तियो सुन, कति छ आजको भाउ ?



Spread the love

९ असार, काठमाडाैँ । नेपाली बजारमा हिजो बढेको सुनको मूल्य आज पुनः घटेको छ । हिजो नेपाली बजारमा ६०० ले बढेको सुनको भाउ बुधबार ३०० रूपैँयाले घटेको छ ।

बुधबार सुनको मूल्यमा गिरावट भएसँगै नेपाली बजार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले गिरावट आएको छ । आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्