Logo

मेसीको ‘सबैभन्दा ठूलो सपना’



Spread the love

१ असार, एजेन्सी । लियोनेल मेसीले बार्सिलोनाबाट खेलेर आफ्नो नाम र उक्त क्लबलाई जिताउन सायद कुनै कुरा बाँकी छैन । उनको सबैभन्दा ठूलो महत्वाकाङ्क्षा अर्जेन्टिनाका लागि उपाधि दिलाउनु हो ।

कोपा अमेरिकामा देशबाट खेल्ने ३३ बर्षे मेसीको लागि अन्तिम मौका हुन सक्छ किनकी उनले अर्को खेलमा प्रतिस्पर्धा गर्ने सम्भावनामा उनको उमेर बाधक बन्ने प्रष्ट देखिन्छ ।

कोपा अमेरिका महामारीका कारण सिर्जना भएको आपतकालिन मोडमा आइतवार ब्राजिलमा शुरू भएको छ । कोलम्बिया र अर्जेन्टिनाले सह–आयोजकको भूमिका निर्बाह गर्न कोभिडका कारण असम्भब भएको बताएपछि ब्राजिलमा आयोजना गरिएको छ ।

“म सँधै मेरो राष्ट्रिय टोलीमा उपलब्ध छु । मेरो सबैभन्दा ठूलो सपना यो ‘जर्सी’को साथ उपाधि जित्नु हो,” मेसीले ब्राजिलको रिया दि जेनेरियोमा गरिएको एक पत्रकार सम्मेलनमा भने ।

“म कुनै पनि समय खेलमा स्वदेशका लागि उपाधि दिलाउन धेरै नै नजिक पुग्ने गरेको छु तर मातृभूमिलाई उपाधि दिलाउने मेरो प्रयास सफल हुन सकेको छैन । मेरो प्रयास जारी छ । म सँधै यो सपनाको लागि सङ्घर्ष गरिरहनेछु ।”

मेस्सीले भने, “कोपा अमेरिकामा खेलेका धेरैजसो समूह कुनै न कुनै समय सँगै खेलेका समूह हुन् । यो अर्जेन्टिना खेल्ने तरिका एकदम स्पष्ट छ ।” यही कारण हामीले यो कोपा कपलाई जित्नेछौँ ।”

“हामीलाई थाहा छ कि यो एक विशेष खेल हुनेछ । यो खेलमा भइरहेको भन्दा फरक पाइनेछ ।”

अर्जेन्टिनाका कप्तानले आफ्नो टोलीका साथीका रूपमा रोड्रिगो डे पाउललाई स्वीकार गरेका छन् । पाउलको खेलले अर्जेन्टिनी फुटबल समूहलाई सुरक्षा र हमला गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

“बिस्तारै हामीले एक अर्कालाई चिनेका छौँ र म उहाँसँग राम्रो खेल्नसक्नेमा विश्वस्त छु,” मेसीले भने ।

अर्जेन्टिनाका लागि खेलेको १५ वर्षमा मेस्सीले देशका लागि २०१४ मा विश्वकप अन्तिम खेलमा हार ब्यहोर्दा अस्वभाविकरूपमा राष्ट्रिय टोलीका लागि खेलबाट बाहिरिने उनका प्रशंसकका लागि ‘अकल्पनीय’ निर्णय लिएका थिए । पछि तिनै प्रशंसकलगायतका सबै राष्ट्रबासीको अनुरोधमा उनले राष्ट्रिय खेलबाट सन्यास लिने घोषणालाई फिर्ता लिएका थिए ।

उनले कोपा अमेरिकाका सन् २०१५ र सन् २०१६ का दुई संस्करणमा उपाधिनजिक पुर्याएर पनि पराजित बन्नुपरेको थियो । दक्षिण अमेरिकी समूह अर्जेन्टिनाले १९९३ पछि नै ठूलो प्रतियोगिता जितेको छैन । यो प्रतिस्पर्धा खेल जगत्का लागि विशेष हुनेछ । महामारीका समय आयोजना हुने कोपा अमेरिकाको संस्करण हुनु सामान्यभन्दा बढी जोखिम छ । ब्राजिलमा भाइरसको कारण चार लाख ८५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । खेलका लागि आएका खेलाडीमध्ये भेनेजुएलाका आठ र बोलिभियाका तीन गरी ११ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ ।

“खेलाडीमा देखिएको कोभिड सङ्क्रमण हामी सबैको लागि जोखिम हो,” मेसीले भने । “हामी चिन्तित छौं । हामी सावधानी अपनाउने प्रयास गर्छौं । सबै (हामी) भनिए अनुसार खेलबाहिरसमेत महामारीको नियमको कडा पालना गर्नेछौँ ।”

“हामी अरू टोलीहरूसँग खेल्नुपर्नेछ जसका कारण सङ्क्रमणको जोखिम पनि छ । हामीले सङ्क्रमित नहुनका लागि सकेसम्म सबै उपाय अवलम्बन गर्नेछौं । तर धेरै अवस्थामा यो हामीमा मात्र निर्भर हुँदैन ।”

अर्जेन्टिना समूह एमा चिली, बोलिभिया, पराग्वे र उरुग्वेको साथमा परेको छ । प्रत्येक समूहमा चार सर्वश्रेष्ठ टोली नकआउट चरणमा खेल्नेछन् । खेलको फाइनल जुलाई १० मा रियोको ऐतिहासिक मराकान रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्