Logo

डेनमार्कका खेलाडी मैदानमा नै ढलेपछि डेनमार्क र फिनल्याण्डको खेल रद्द



Spread the love

२९ जेठ, काठमाडाैँ । युरो २०२० अन्तर्गतको तेश्रो खेल रद्द भएको छ । डेनमार्क र फिनल्याण्डबीचको खेलको दाैरान डेनमार्कका मिडफिल्डर क्रिस्टियन इरिक्सन मैदानमा नै ढलेपछि खेल रद्द भएको हो ।

इरिक्सनको स्वास्थ्य अवस्थाबारे पूर्ण जानकारी दिइएको छैन । अहिले उनको उपचार भइरहेको छ ।

४० मिनेटसम्मको खेल हुँदा डेनमार्क र फिनल्याण्ड बीचको खेल गोल रहित बराबरीमा चलिरहेको थियो ।

युइएफाले इरिक्सनलाई हस्पिटल भर्ना गरिएको र स्वास्थ्य अवस्था स्थीर रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्