Logo

सुदूरपश्चिम सरकारबाट एमालेले झिक्यो हात



Spread the love

११ जेठ, काठमाडाैँ । नेकपा (एमाले) को सोमबार बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रदेशमा नेकपा (माओवादी केन्द्र) र एमालेको सयुंक्त सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको छ । सुदूरपश्चिममा माओवादी केन्द्रका तर्फबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २५ सदस्य छन् । यस्तै सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका १३ जना छन् । माओवादीले एक सदस्यलाई यसअघि नै कारवाही गरेर हटाइसकेको छ । कांग्रेसका १२ सदस्यले प्रतिनिधित्व गर्दा जनता समाजवादी पार्टी नेपालका दुई सदस्य छन् । तत्काल कायम रहेको ५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न २७ सदस्य आवश्यक पर्छ । माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेमा सरकारलाई सजिलो पर्छ । केन्द्रमा जसपा प्रधानमन्त्री केपी ओलीको सरकारकै निरन्तरताको चाहनामा रहेको हुनाले एमालेबाहेक माओवादीले सरकार बनाउन सक्ने सम्भावना कम छ ।


एमालेबाट सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आधिकारिक जानकारी आएपछि छलफल गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्