Logo

धनगढीलाई हराउँदै काठमाडौं बन्यो पहिलो एनएसएल च्याम्पियन



Spread the love

१ जेठ, काठमाडाैँ । पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि काठमाडाैँ रेजर्सले जितेको छ । काठमाडाैँको दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडाैँले उपाधि कब्जा गरेको हो ।

काठमाडाैँको जितमा अफ्रिकन खेलाडी मेसोउके ओलोमोउले गरेका थिए । २२ औं मिनेटमा मेसोउकेले गरेको एक गोल नै उपाधिको निर्णाय बन्यो ।

यसअघि समूह चरण र क्वालिफायरमा काठमाडाैँ धनगढीसँग पराजित भएको थियो । यस जितसँगै काठमाडाैँले धनगढीसँग २ हारको बदला समेत लिएको छ ।

प्रतिक्रिया दिनुहोस्