Logo

यी हुन ओलीलाई मत नदिने नेपाल पक्षका २८ सांसद (सुचीसहित)



Spread the love

२७ बैशाख, काठमाडाैँ । नेकपा एमालेमा २८ जना सांसदले पार्टीले जारी ह्वीप उल्लंघन गरेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा नेपाल समूहका २८ जना सांसदले मत नदिएर ह्वीप उल्लंघन गरेका हुन् ।

ओलीले मागेको विश्वासको मत नदिनेमा सांसदहरू माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, घनश्याम भुसाल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, योगेश भट्टराई, झलनाथ खनाल, र पवित्रा निरौला खरेल, भवानी खापुङ, जयकुमार राई, यज्ञराज सुनुवार, गणेश पहाडी, विरोध खतिवडा, कृष्णलाल महर्जन, मेटमणी चौधरी, झपट रावल, भीमवहादुर रावल, दिपकप्रकाश भट्ट, सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्री ,सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, लक्ष्मीकुमारी चौधरी र मुकुन्द न्यौपाने रहेका छन् ।

प्रत्यक्ष तर्फका २० जना र समानुपातिक तर्फका ८ जना सांसदले ओलीलाई विश्वासको मत दिएनन् । उनीहरू संसद बैठकमा अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्