Logo

नेपाल र इराकबीच मैत्रीपूर्ण फुटबल खेल हुने



Spread the love

१६ बैशाख, काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल पुरूष टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एन्फाले बिहीबार दिएका जानकारी अनुसार नेपाल र इराकबीच आगामी मे २९ तारिखमा उक्त खेल खेल्ने भएको हो ।

एन्फाले यो खेल बिहीबार नै भएको तय भएको जानकारी दिएको छ । नेपाल र इराकबीचको खेल इराकको मैदान बार्सा अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ ।

यसभन्दा अगाडी नेपाल र इराकबीच तीन पटक प्रतिष्पर्धा भएको छ । ती सबै खेलहरूमा इराकले नेपालमाथि जीत हात पारेको छ ।

नेपाल र इराकबीच पछिल्लो खेल २००१ मा भएको थियो । विश्वकप छनाैट अन्तर्गत भएको उक्त खेलमा नेपाल इराकसँग ४–२ गोल अन्तरले पराजित भएको थियो ।

विश्व बरियतामा इराक ६८ र नेपाल १७१ स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्