Logo

ओलीले बोलाएको बैठकमा नेपाल र खनाल समूहका केन्द्रीय सदस्य रिजाल सहभागी



Spread the love

६ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट एकजना नेता विष्णु रिजाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।

ओलीले बोलाएको बैठकलाई वरिष्ठ नेता नेपाल र झलनाथ खनाल समूहले बहिष्कार गरे पनि उक्त समूहका नेता विष्णु रिजाल, सोम मिश्र लगायतका नेता भने सहभागी भएका छन्।

बैठकले विभिन्न जिल्ला कमिटीको कार्यविभाजन गर्ने तयारी गरेको छ । त्यस्तै उपनिर्वाचन, अध्यक्ष र महासचिवको प्रतिवेदनमा छलफल गर्नेछ ।

दिउँसो १ बजेदेखि सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठक केही बेरअघि सुरु भएको छ। माधव नेपाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारसमेत बनेका नेता रिजाल पछिल्लो समय एमाले एक हुनुपर्ने पक्षमा उभिँदै आएका थिए। 

प्रतिक्रिया दिनुहोस्