Logo

माओवादीको स्थायी कमिटी बैठक स्थगित



Spread the love

६ वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आजका लागि बोलाएको स्थायी समिति बैठक स्थगित भएको छ ।

सोमबार १ बजेका लागि बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । 

नेताहरुको व्यस्थताका कारण बैठक सरेको हुन सक्ने उनले बताए । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन बैठक बोलाइएको बताइएको थियो । माओवादीले सरकारलाई दिएको समर्थन अन्य प्रतिपक्षी दलले निर्णय नगर्दा अन्योल भएको बताउँदै आएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै दिउँसोबाट लागू हुने गरी प्रतिनिधिसभाको जारी अधिवेशन अन्य गरेपछि माओवादी केन्द्रको निर्धारित स्थायी कमिटी बैठकसमेत स्थगित हुन पुगेको हो।

प्रतिक्रिया दिनुहोस्