Logo

भारतमा एकैदिन थपिए २ लाख ७५ हजार बढी कोरोना संक्रमित, १६ सय बढीको मृत्यु



Spread the love

६ वैशाख, काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गइरहेको छ । 

२४ घण्टामा २ लाख ७५ हजार १ सय बढी कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या बढेसँगै दैनिक मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।

हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ५० लाख ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय २० जना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७८ हजार ७९३ जना पुगेको छ । 

महाराष्ट्रको मुम्बईमा एकैदिन ५३ जनाको मृत्यु भएको छ । त्यहाँ रात्रीकालिन कफ्र्यु जारी रहेकै बेला पूर्ण रुपमा लकडाउन गर्नुपर्ने माग समेत उठ्न थालेको छ । यस्तै राजधानी नयाँ दिल्लीमा हिजो एकैदिन १ सय ६१ जनाको कोरोनाका कारण मृत्यु हुँदा २५ हजार ४ सय बढी संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्