Logo

विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शाही



Spread the love

२ वैशाख काठमाडौं । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले चैत्र ३० गते प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन वैशाख ३ गतेका लागि आव्हान गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चैत्र ३१ गते नै विश्वासको मत लिन पत्र दर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ।

 दिउँसो २ बजेका लागि कार्यतालिका तयार गरिए पनि केही ढिलो गरी बैठक सुरु भएको छ । आजको बैठकबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदैछन् ।

संसद सचिवालयका अनुसार शुक्रबार बस्ने बैठकका लागि छ वटा कार्यसूची बनाइएको छ । संसद् बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त संसद आह्वानसम्बन्धीको पत्र पढेर सुनाइने कार्यक्रम छ । त्यसपछि मन्त्रालयहरूको जिम्मेवारी हेरफेरको पत्र प्रस्तुत गरिने छ । 

कर्णाली प्रदेशसभाका ४० मध्ये एक जना सांसदलाई माओवादी केन्द्रले दल त्यागेको भन्दै सांसदबाट हटाएको छ। कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३ सांसद थिए । तीमध्ये धर्मराज रेग्मी एमाले प्रवेश गरेपछि सांसद पद गुमेको छ र माओवादी केन्द्रसँग १२ सांसद मात्र छन् । यस्तै, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाही एमालेबाटै निर्वाचित भएका हुन् । सोही कारण एमालेसँग १९ सांसद छन् ।

४० सदस्यीय (हाल ३९) प्रदेशसभाबाट विश्वासको मत हासिल गर्न मुख्यमन्त्री शाहीलाई कांग्रेस र राप्रपाको मतले मात्र पुग्ने छैन । एमालेको नेपाल–खनाल समूहका सांसदले फ्लोर क्रस गर्दा मात्र उनको पद जोगिने छ । उक्त समूहमा नौजना सांसद छन् ।

 जसमा अन्तिम कार्यसूचीमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यतालिका तय गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्