Logo

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



Spread the love

३ बैशाख, भक्तपुर। भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आज बिहान पौन ११ बजे भक्तपुर नगरपालिका वडा नम्बर १ चुनदेवी स्थित अरनिको राजमार्गमा सल्लाघारीबाट सुर्यविनायक तर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०२-०११ प ८२५० को मोटरसाइकल दुर्घटना भएको थियो।

दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए। मृत्यु हुनेमा द्वय बाँकेको नेपालगंज घर भई काठमाडौं पुतलीसडक बस्ने २० वर्षीय सुर्य ओली र भोजपुर चौकीडाडा गाउँपालिकाका १८ वर्षीय सुमन गिरीलाई मध्यपुर ठिमी अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा उपचारकै क्रममा उनीहरूको सवा १२ बजे मृत्यु भएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्