Logo

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता



Spread the love

२ वैशाख, गोरखा ।  गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । काँग्रेससहितका ४ दलबीच मिलेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो । 

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी २८ जना प्रदेससभा सदस्यहरूले हस्ताक्षर गरी बिहीबार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो।

अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ। हस्ताक्षर गर्नेहरूमा कांग्रेसका १४, माओवादी केन्द्रका ११ र जसपाका २ जना सदस्य छन्। स्वतन्त्र सांसद दीपक मनाङे उर्फ राजीव गुरुङले पनि अन्तिम समयमा आएर साथ छाडेका छन् ।

गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र २ ज‍ना स्वतन्त्र सांसद छन्। गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात् अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्