Logo

नेकपा एमाका : सांसद झपट रावलको घरमा ढुंगा प्रहार



Spread the love

२ वैशाख, काठमाडौं। नेकपा एमाले सांसद झपट रावलले आफू बसको घरमा ढुंगा प्रहार भएको बताएका छन्।

राज्य ब्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै उनले यसबारे जानकारी दिएका हुन् । राति १२ बजेको समयमा उनी बस्ने घरमा ढंगा प्रहार भएको जानकारी दिए ।

बिहीबार राज्य व्यवस्था समितिको बैठकमा सुरक्षा निकायलाई बोलाउँदा समयमा नआएको भन्दै उनले गृहमन्त्री बदलको ध्यानाकर्षण गरे । ‘म बसेको घरमा बुधबार राति १२ बजेतिर ५-१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भयो । सुरक्षाकर्मी बोलाउन भनेर १०० मा फोन गर्दा फोन उठेन,’ रावलले गृहमन्त्रीलाई घटनाबारे समिति बैठकमा जानकारी गराउँदै भने ।

रावल कैलालीबाट निर्वाचित सांसद हुन्। एमालेभित्रको अन्तरसंघर्षमा उनी वरिष्ठ नेता माधव नेपालको पक्षमा छन्। रावल वर्तमान सरकारको खरो आलोचक समेत हुन्।

प्रतिक्रिया दिनुहोस्