Logo

भारतमा एकैदिन झन्डै २ लाखमा कोरोना संक्रमण, अवस्था भयावह



Spread the love

२ बैशाख, एजेन्सी। भारतमा कोरोनाभाइरसको संक्रमणमा दिनदिनै बढिरहेको छ। हरेक दिन संक्रमितको संख्यामा नयाँ रेकर्ड बनिरहेको छ।

भारतमा एकैदिन २ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतमा पछिल्लो एकसातायता दैनिक १ लाख भन्दा बढीमा संक्रमण देखिँदै आएको थियो। पछिल्लो २४ घण्टामा भने थप २ लाख ७३९ कोभिड १९ संक्रमित देखिएका हुन्।

संक्रमण तीव्र रूपमा फैलिए पनि भारतका विभिन्न राज्यमा सरकारले प्रतिबन्धहरू लगाएका छैनन्। उत्तराखण्डको हरिद्वारमा कुम्भ मेला चलिरहेको छ। उक्त मेलामा सहभागीमध्ये अहिलेसम्म १२ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उत्तराखंण्ड र उत्तर प्रदेशका मुख्यमन्त्रीहरूमा पनि अहिले कोरोना संक्रमण भएको छ।

प्रतिक्रिया दिनुहोस्