Logo

उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई कोरोना सङ्क्रमण



Spread the love

१ वैशाख, काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई कोरोना सङ्क्रमण भएको छ।

मुख्यमन्त्री आदित्यनाथले आफूलाई कोरोना पोजेटिभ भएको जनाएका हुन् । बुधबार ट्वीटरमार्फत उनले आफू संक्रमित भएको जानकारी दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सुरुवाती लक्षण देखिएपछि मैले कोभिड परीक्षण गराएँ र मेरो रिपोर्ट पोजेटिभ आएको छ ।’

उनको कार्यालयमा कार्यरत केही व्यक्तिमा कोरोना सङ्क्रमण रहेको भेटिएपछि योगीले पनि स्वास्थ्य परीक्षण गरएका थिए। सोही क्रममा उनको रिपोर्ट पनि ‘पोजेटिभ’ आएको हो। सङ्क्रमण भएको थाहा पाएपछि आपूm आइसोलेसनमा रहेको र चिकित्सकको परामर्श लिइरहेको उनले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्