Logo

प्युठानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, घाइतेको अवस्था गम्भीर



Spread the love

१ वैशाख, प्युठान । भ्रमणका लागि प्यूठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

लु१ज १६५५ नं.को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

अन्यको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्