Logo

भारतमा एकै दिन १ लाख ६१ हजार कोरोना संक्रमित थपिए, ८७९ जनाको मृत्यु



Spread the love

३१ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशमा १ लाख ६० हजार ६९४ जना नयाँ संक्रमित फेला परेका छन् भने कोरोना संक्रमणको कारण ८७९ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या १ करोड ३७ लाख पुगेको छ । यसमा १ करोड २२ लाख ठीक भएका छन् । १ लाख ७१ हजार ८९ जनाले ज्यान गुमाइसकेका छन् ।

मंगलबार बिहानसम्म ९७ हजार १६९ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभर १२ लाख ६४ हजार ६९४ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

भारतमा ११ दिनमा ६ लाख ७८ हजार ५१९ जना सक्रिय संक्रमित थपिएका छन् । अप्रिल १ मा ५ लाख ८० हजार ३८७ सक्रिय संक्रमित रहेका छन् । यो अहिले बढेर १२ लाख ५८ हजार ९०६ पुगेको छ । सोमबार ६२ हजार ९४६ जना सक्रिय संक्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्