Logo

बर्षको अन्तिम दिन घट्यो सुनको मूल्य



Spread the love

३१ चैत, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले घटेको छ ।

सोमबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा १ सय रुपैयाँले घटेर ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो  । तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्