Logo

आज साँझ मन्त्रिपरिषद्को बैठक, विद्यालय बन्द गर्ने विषयमा छलफल



Spread the love

३० चैत, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज साँझ बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ।

 आजको बैठकमा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे छलफल हुने बताइएको छ। शनिबार सीसीएमसीको बैठकले कोरोनाको जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। 

सीसीएमसीले काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साता विद्यालय बन्द लगायत अन्य नयाँ मापदण्डहरु सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्