Logo

प्रदेश–१ मा ७ जनामा कोरोना संक्रमण



Spread the love

३० चैत, विराटनगर पछिल्लो समयमा प्रदेश–१ मा सात कोरोना सङ्क्रमित थपिएका छन् । आज १६८ को पिसीआर परीक्षणमा दुई महिला र पाँच पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा तीनमध्ये विराटनगरमा दुई, सुनसरीमा दुई, उदयपुर र प्रदेश–१ बाहिरका एक÷एक मा सङ्क्रमण देखिएको हो । प्रदेशमा हालसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्