Logo

कांग्रेस पदाधिकारी बैठक बस्दै



Spread the love

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। 

पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो दुई बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । १४औं महाधिवेशनको सन्दर्भमा बैठक बस्न लागेको उनले बताए । पौडेलका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा पदाधिकारी बैठकले तय गर्नेछ ।

आजको बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुने भएको छ । साथै माओवादी केन्द्र र जसपासँग सत्तासमिकरणका लागी भइरहेको छलफलको समिक्षा तथा थप रणनीति तय गर्ने जनाइएको छ ।

दुई दिनअघि देउवाले आफ्नै निवासमा माओवादी केन्द्र र जसपाका नेताहरुसँग संयुक्त छलफल गरेका थिए । सो छलफलमा देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव गरेका थिए । यद्यपि छलफलले ठोस निष्कर्ष निकाल्न सकेको थिएन।

बैठकमा समसामयिक राजनीति, नयाँ सरकार गठनका लागि विपक्षी दलहरुबीच जारी परामर्शबारे पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्