Logo

फेरी लक डाउन हुन सक्छ: प्रधानमन्त्री ओली



Spread the love

२८ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य रहेको बताएका छन् ।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभामा उनले भने, “सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन । आफैँ सचेत बनौँ ।” उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न आग्रह गरे ।

उनले कोरोना भाइरसको महामारी विश्वभर फेरि फैलन थालेको भन्दै त्यसतर्फ सचेत रहन सबैलाई आग्रह गरे । उनले कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रलायले दिएका निर्देशन पालना गर्न पनि सुझाए । प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन पालना नभए कोरोनाको संक्रमण फैलिने हुँदा फेरि लकडाउन हुन सक्ने बताए ।

 सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने समस्या आउनसक्छ । समयमै सचेत बनौँ ।’ उनले कोभिड नियन्त्रण गर्दै गएपछि उद्योग चलाउन सक्ने, सुरक्षित हुन सक्ने बताए । 

प्रतिक्रिया दिनुहोस्