Logo

कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत



Spread the love

२८ चैत, सुर्खेत । सामूहिक राजीनामा दिएका कर्णालीका तीन जना मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले दिएको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीकृत गरेका हुन् । 

उनीहरूको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री शाहीलाई रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई दिएका छन्।

एमालेको सहयोगमा तीन वर्षअघि शाही मुख्यमन्त्री बनेका थिए। २३ फागुनको सर्वोच्च अदालतको आदेशसँगै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि सरकारमा सहभागी एमालेका मन्त्रीहरूले राजीनामा दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्