२८ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकार इतिहासकै विवेकहीन भएको टिप्प्णी गर्नुभएको छ ।
शनिबार काठमाडौंको बबरमहलमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौंथो केन्द्रीय परिषद्लाई सम्बमेधन गर्दै अध्यक्ष प्रचण्डले नयाँ खालको विद्रोहमा संगठित हुनुपर्ने अवस्था आउन सक्ने बताएका हुन्।
‘हामीले सकेसम्म सहज ढंगले हाम्रो संविधान, ऐन कानुन र राजनीतिक दलहरुको नेतृत्व र बहुमतको भावना अनुसार सहज ढंगले एउटा रुपान्तरण बनोस् भन्ने हाम्रो प्रयास छ’, अध्यक्ष प्रचण्डले भने, ‘यदि त्यसो भएन र साँच्चै संविधानलाई मिच्ने नै कोशिस जारी रह्यो भने, यदि लोकतान्त्रिक मान्यतालाई कुल्चने र निरंकुश र स्वेच्छाचारी ढंगले नै जाने कोशिस भयो भने एउटा नयाँ खालको विद्रोहमा हामी संगठित हुनुपर्ने र विद्रोहमा जानुपर्ने अवस्था आउनसक्छ, केही समयपछि नै।’
उनले सबैको सामूहिक प्रयत्नबाट एउटा गतिशील, प्रगतिशील समाज बनाउने ढंगले संविधान बनाएको बताउँदै संविधानका भएको भावना अनुसार सरकार अगाडि बढ्नेछ भन्ने आशा राखेको तर त्यसो हुन नसकेको बताए ।