Logo

शनिबार नेपालगन्जमा ६१ नमुना परिक्षण गर्दा २१ जनालाई कोरोना पोजेटिभ



Spread the love

२८ चैत, काठमाडौँ । कोरोनाको दोस्रो सुरु भएसँगै संक्रमितको संख्या फेरी बढ्न थालेको हो । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले फेरी महामारीको रुप लिएपछि नेपालमा पनि कोरोना संक्रमण बढिरहेको देखिएको छ ।

शनिबार नेपालगन्जमा ६१ नमुना परिक्षण गर्दा २१ जनालाई कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालले जानेको छ।

नयाँ संक्रमितहरुमा बाँकेको नेपालगन्जका १६ जना, कोहलपुरका २ जना, जानकीका एक जना र बर्दियाका दुई जना रहेका छन् । हालसम्म कुल ५५ हजार ६३ नमुना परिक्षण गरिएको छ भने अहिलेसम्म ५ हजार ६०२ जनालाई संक्रमण पुष्टि भएको छ ।   

प्रतिक्रिया दिनुहोस्