२८ चैत, काठमाडौं। भारतमा पछिल्लो २४ घन्टामा एक लाख ३२ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ।
कोरोनाको दोस्रो भेरियन्ट सुरु भएसँगै संक्रमितको संख्या फेरी बढ्न थालेको हो। त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ७ सय ७३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६८ हजार ४ सय ६७ पुगेको कोभिड-१९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सले उल्लेख गरेको छ ।
संक्रमण पुष्टि भएकामध्ये १ करोड १९ लाख ८७ हजारभन्दा बढी निको भएका छन् । भारतले संक्रमण बढ्न थालेपछि विगत केही सातायता खोप अभियानलाई पनि तीव्रता दिएको छ । त्यहाँ हालसम्म ९ करोड ४३ लाख ३४ हजार २ सय ६२ जनाले खोप लगाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्