Logo

माओवादीले कारबाही गरेसँगै पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति



Spread the love

 २७ चैत, काठमाडौं । नेकपा माओवादीबाट सांसद पदबाट निलम्बित चार मन्त्रीहरुले पुनः मन्त्रीको शपथ ग्रहण गर्ने भएका छन् ।

माओवादीले एमालेमा प्रदेश गरेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री, प्रभु शाह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम तथा रोजगार गौरीशंकर चौधरीलाई पनि कारबाही गर्दै पदमुक्त गरेको थियो। पदमुक्त भएका चारै मन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्नियुक्तिको गरेपछि आजै शपथग्रहण हुन लागेको मन्त्री टोपबहादुर रायमाझीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेको केन्द्रीय कमिटीको बैठकबाट गृहमन्त्री राम बहादुर थापा सहित ५ जना मन्त्री र २३ जना माओवादीका नेतालाई एमालेमा प्रवेश गराएका थिए। सरकारमा सहभागी ४ जना मन्त्रीको सांसद पद गएसँगै फेरी उनीहरुलाई नै मन्त्रीमण्डलमा निरन्तरता दिनका लागि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले निवास शीतल निवासमा उनीहरुलाई सपथ ग्रहण गराउने तयारी भइरहेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गृहमन्त्रीबाहेक चार मन्त्रीहरको शपथ कार्यक्रम शुक्रबार साँझ ५ बजे तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्