Logo

गृहमन्त्री थापालाई पनि माओवादी केन्द्रले सांसद पदबाट हटायो



Spread the love

२७ चैत्र, काठमाडौं। नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ ।

बादलले पार्टी त्याग गरेकोले कारबाही गरेको पत्र संसद सचिवालयमा माओवादी केन्द्रले आज बुझाएको छ । यसअघि माओवादी केन्द्रले चार जना सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको छ ।

माओवादी केन्द्रले एमालेमा गएका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि कारबाही प्रक्रिया अगाडि बढाएको छ । उनलाई कारबाहीका लागि २४ घन्टे स्पष्टिकरण सोधिएको जानकारी नेता दिनानाथ शर्माले जानकारी दिए । ।

अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ । सांसद पदबाट मुक्त भएपछि उनीहरुको मन्त्री पद पनि स्वतः गुमेको थियो । तर, आज प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई पूनर्नियुक्ती गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्