Logo

प्रचण्डले खुट्टा टेक्न नसक्दा ओलीले लात हाने: देउवा



Spread the love

२७ चैत्र, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा आफ्नो पार्टीको संख्याले बैठक बोलाउने पनि संख्या नपुग्ने बताएका छन् ।

 नेपाली कांग्रेस निकटस्थ निजामती कर्मचारी युनियन (संघ)द्वारा आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्वाेधन गर्ने क्रममा सभापति देउवाले भने,‘हामीले बास्तविकता हेर्नुपर्छ, हाम्रो संख्याले पार्लियामेन्ट बोलाउनपनि संख्या पुग्दैन् । हामीसँग त एक चौथाई पनि संख्या छैन् । पहिला कुरा बुझ्नुपर्यो । मैले पहिले पनि भनेको थिएँ, कम्युनिष्टको सरकार आयो भने रुनपनि पाईँदैन भनेको थिएँ । भोट त कम्युनिष्टलाई दिए । जनताको घरदैलोमा जाऔं । जनताको हृदय जितौं । जनताको भोट लिनुपर्छ । कांग्रेसले धाँधली गर्न जानेको छैन् ।’

उनले २०७४ को निर्वाचनपछि प्रचण्डलाई आफूले प्रधानमन्त्रीको प्रस्ताव गरेको उनले सुनाए। ओलीलाई सत्ता सुम्पिँदा अहिले प्रचण्डको यो हबिगत बनेको उनको भनाइ छ। ‘मैले प्रधानमन्त्री बन्नुस् भन्दा मान्नुभएन। सत्ता बुझाउनु भयो। प्रचण्डले खुट्टा टेक्न नसक्दा ओलीले लात हाने,’ उनले भने। 

देउवाले नेपालको संविधान अनुसार एक चौथाइ सदस्यले कुनै विषय लिएर संसद बोलाउन माग गर्न सक्ने बताए। तर आफूसँग त्यो संख्या पनि नभएकाले समस्या भएको सुनाए। ‘ओलीलाई हटाउने सांसद संख्या अझै पनि हामीसँग पुगिसकेको छैन’, उनले भने, ‘हटाउन संख्या त पुग्नुपर्यो नि! त्यतिकै हटाऊँ हटाऊँ भनेर मात्रै हुन्छ?’

प्रतिक्रिया दिनुहोस्