Logo

विद्यालय र भीडभाडयुक्त क्षेत्र पुनः बन्द गर्न मन्त्रालयको सिफारिस



Spread the love

२७ चैत, काठमाडौं ।  कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै विद्यालय लगायत भीड्भाड हुने क्षेत्र बन्द गर्ने तयारी गरिएको छ । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउनका लागि विद्यालयलगायत भीडभाडयुक्त क्षेत्र बन्द गर्न मन्त्रालयले बिहीबार सिफारिस गरेको हाे ।

‘अहिले विद्यालय बन्द गर्नुपर्छ। पठनपाठन गर्ने हो भने अनलाइनबाट गर्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयपनि विद्यालयलगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए । पछिल्लो समय कोरोना भाइरसका नयाँ भेरिएन्ट स्कुले बालबालिकाहरूमा देखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । त्यसैले भिडभाड हुने रेष्टुरेन्ट,  सिनेमा हल, पार्टी प्यालेस र विद्यालय लगायतका क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो । केही महिनादेखि विद्यार्थी भौतिक रुपमा उपस्थित भइ पठनपाठन सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्