२७ चैत, एजेन्सी। दैनिक एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको भारतमा पछिल्लो २४ घण्टामा पनि अहिलेसम्म कै उच्च संक्रमित फेला परेको छ ।
अघिल्लो वर्ष भाइरस सुरु भएदेखि हालसम्म एक दिनमा भेटिएका बिरामीको यो संख्या सर्वाधिक हो । यसअघि बुधबार देशमा सबैभन्दा धेरै १ लाख २६ हजार २७६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
योसँगै भारतमा संक्रमित हुनेको कुल संख्या एक करोड ३० लाख ५७ हजार ९ सय ५४ पुगेको छ । हाल भारतमा सक्रिय संक्रमित मात्रै ९१ हजार ३ सय १९ छन् । त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा आठ सय २ संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा यो संख्या छ सय ८५ थियो । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ६७ हजार ६ सय ९४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्