Logo

पत्रकार महासंघको केन्द्रीय सदस्यमा रामकृष्ण र मणि विजयी



Spread the love

२७ चैत, काठमाडौं । पत्रकार महासंघको बुधबार भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । केही स्थानको परिणाम सार्वजनिक भइसकेको छ भने केहीको गणना जारी छ। 

पछिल्लो परिणामअनुसार प्रतिष्ठान प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा मणि दाहाल र रामकृष्ण अधिकारी विजयी भएका छन् । २ पदका  लागि ७ जना प्रतिस्पर्धामा थिए ।

यसमा ५६८ मत ल्याएर अधिकारी र ४९१ मत ल्याएर दाहाल विजयी भएका हुन् । तेस्रो नम्बरमा रहेका केदार दाहालले ४९१ मत ल्याएको सदस्यमा विजयी भएका पत्रकार मणि दाहालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्