Logo

कोरोना संक्रमण झनै तीव्र



Spread the love

काठमाडौं । कोरोना संक्रमण जोखिम बढेसँगै सरकारले राति ९ बजेपछि रेस्टुरेन्ट बन्ददेखि आवागमनमा समेत कडाइ गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर र सार्वजनिक स्थानमा मास्क प्रयोग अनिवार्य गराउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ । कतिपय विद्यालयमा जनस्वास्थ्य मापदण्ड पालना नभएको पाइएपछि उच्च सतर्कता अपनाउन मन्त्रालयले भनेको छ ।

हाल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भइरहेको निगरानीमा मन्त्रालयद्वारा बुधबार जारी सूचनामा ‘काठमाडौं, पोखरालगायतका ठूला सहरमा विद्यालय समूहमा संक्रमण बढ्दो रहेकाले सम्पूर्ण शैक्षिक संस्थामा उच्च सतर्कता अपनाउन’ अनुरोध गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जोखिम बढेका ठूला सहरमा सार्वजनिक यातायात वा भीडभाड कम गर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइसाथ अनिवार्य पालना गर्न गराउन आग्रह गरिएको जानकारी दिए । ठूला सहरमा ५ सयभन्दा बढी र सानामा सयभन्दा बढी सक्रिय संक्रमित देखिएको अवस्थामा आवागमनमा कडाइ गर्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्