Logo

राइस कुकरमा लुकाएर १ किलो सुन विमानस्थल कटाउन खोज्दा…



Spread the love

२५ चैत, काठमाडाैँ । अवैध रूपमा ल्याइएको ठूलो परिमाणमा सुन सहित एक जना विमानस्थलबाट पक्राउ परेका छन् ।

दुबइबाट राइस कुकरमा लुकाएर ल्याइएको करीब १ किलो सुन सहित एक जनालाई प्रहरीले त्रिभुवन बिमानस्थलबाट पक्राउ गरेको हो । मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महरालाई भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

उनले राइस कुकरमा लुकाएर ९ सय ३४ ग्राम सुन ल्याएको प्रहरीले जानकारी दिएको छ । राइस कुकर जाच्ने क्रममा वास्तविकभन्दा बढी ताैल देखिएपछि उनले लुकाएको सुन पत्ता लागेको थियो । पक्राउ परेका महरामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्