२५ चैत, काठमाडौं । कोरोना संक्रमणबाट सुदूरपश्चिममा थप एक जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएको पुष्टि भएपछि पहिलो पटक एक संक्रमितको मृत्यु भएको स्वास्थ्य।
कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत् भीमदत्त नगरपालिका-१५ का ४५ वर्षीय संक्रमित पुरुषको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।
प्रहरीका अनुसार ती पुरुष २२ गते मात्र भारतको गुजरातबाट फर्किएका थिए । छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर तीव्र बनेका बेला सुदूरपश्चिममा त्यहाँबाट फर्किनेहरुमा संक्रमण देखिन थालेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया दिनुहोस्