Logo

निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा : प्रभु साह



Spread the love

२५ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले दल त्यागको सूचना पठाएका मन्त्री प्रभु साहले पार्टीले कारबाही गर्नु निरङ्कुशताको पराकाष्ठा भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रले नेकपाबाट दल अलग हुँदा  नेकपा एमालेतर्फ गएका प्रभु साह, लेखराज भट्ट, टोपबहादुर रायमाझी र गौशंकर चौधरीलाई पार्टीबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको मंगलबार सूचना निकालेर जानकारी दिएको थियो। यस्तै, उनीहरूले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएको थिए।

सामाजिक संजाल फेसबुकमा स्टाटस लख्दै मन्त्री साहले ‘ जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो । आफु चुनाव जित्नलाई नेकपा एमालेसंग एकता/सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिईराख़्नेहरूले हामी साझा घोषणा-पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथी कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउदैन । निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफुलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएकाछन । अर्थात् रूपमा अहिलेकैं संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक/कानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुसप्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो ‘ ।

#निर्वाचित_सांसदलाई_पदमुक्त_गर्ने_प्रचण्डको_कदम_निरंकुशताको_पराकाष्ठा

प्रतिक्रिया दिनुहोस्