२५ चैत, काठमाडौं । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर कमिटीलाई देशव्यापी विस्तार गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसले माओवादी केन्द्रको पोल्टामा पुर्याउने ठोकुवा गरेका छन् ।
थापाले केही नेताको कुण्ठा र विखण्डको पछि नलाग्न कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्. ‘समानान्तर कमिटीहरुको घोषणाले अन्ततः माओवादी र प्रचण्डको पोल्टामा नै पुर्याउने निश्चितप्रायः छ । नेकपा एमाले, जबज र सूर्य चिह्नको पक्षमा गोलबन्द भएर नै विभाजनको समस्या समाधान हुन्छ । जनता दुई कदम अगाडि स्पष्ट छन्, केही नेताको कुण्ठा र विखण्डका पछि लाग्ने भूल कसैले नगरौं ।’
माधव नेपाल पक्षले गण्डकी, वागमती र सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी घोषणा गरिसकेको छ । अन्य प्रदेशमा पनि कमिटीहरु घोषणाको प्रक्रिया अघि बढेका बेला थापाको यस्तो भनाइ आएको हो ।