Logo

सुतिरहेकी कोशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ



Spread the love

२५ चैत, स्याङजा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षे युवक पक्राउ परेका छन् । वालिङ नगरपालिका २१ मा बस्दै आएका गणेश बिक पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

आफ्नै घरको कोठामा सुतिरहेकी ती किशोरीलाई आइतबार रातको साढे १० बजे जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरीका आधारमा बिकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

बिकलाई ‘करणी सम्बन्धी’ कसुर मुद्धा दर्ता गरी स्याङ्जा अदालतबाट मंगलबार १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। अन्नपूर्णबाट

प्रतिक्रिया दिनुहोस्