Logo

काठमाडौं प्रवेशका लागि रुपमा एन्टीजेन परीक्षण अनिवार्य



Spread the love

२४ चैत, काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्नु अगाडि कोरोना संक्रमण भए-नभएको यकीन गर्न अनिवार्य रुपमा एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ ।

काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टीजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।

 काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिनका लागि हरेक नगरपालिकाले एन्टिजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको बताए ।

यस्तै एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिएको र लक्षण देखिई शंकास्पद लागेमा पिसिआर परीक्षण गर्न स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ ।

खुला सिमाना र कोरोना संक्रमणका कारण भारतमा कामका लागि गएका नेपालीहरू नेपाल फर्कने र नेपालमा कार्यरत भारतीय कामदारहरू पनि होली मनाउन भारत गएर अहिले नेपाल फर्कने क्रम बढेसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढेको छ ।

यिनै अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमानाकालगायत काठमाडौं उपत्यकामा प्रवेश गर्नुअघि शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षणका लागि हेल्थ डेस्कको व्यवस्था गर्ने भएको छ ।सोमबार बसेको जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति काठमाडौंको बैठकले नाकाहरूमा सम्बन्धित नगरपालिकाहरूले स्वास्थ्य जाँच र एन्टिजेन टेस्ट गर्न डेक्सको व्यवस्था मिलाउने र सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको हो ।

एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिई शंकास्पद लागेका उक्त व्यक्तिलाई पीसीआर परीक्षणका लागि पठाइने निर्णय पनि बैठकले गरेको छ ।बैठकले यसअघि सबै महानगरपालिका र नगरपालिका सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टाइन सेन्टरलाई अद्यावधि गर्ने र सबै नगरपालिकामा १–१ वटा क्वारेन्टाइन र आइसोलेसन सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

यस्तै आजैदेखि लागू हुनेगरी नेपाल प्रहरीले ठाउँ–ठाउँमा हेल्थ डेस्क राखेर अनुगमन गर्ने, मास्क नलगाउनेलाई लगाउन लगाउने र मास्कहरु वितरण गर्ने, सार्वजनिक यातायातमा पनि अनुगमन गरेर अनिवार्य रुपमा मास्क लगाउनलाई अभिप्रेरित गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । उनले काठमाडौँमा संक्रमणदर बढ्न नदिने र सचेतना अपनाउने उद्देश्य राखिएको पनि जनाए । 

प्रतिक्रिया दिनुहोस्