Logo

आखेटोपहारको छालासहित तीनजना पक्राउ



Spread the love

२३ चैत, काठमाडाैं । नेपाल प्रहरीले कागेश्वरी मनहराबाट आखेटोपहारसहित तीनजनालाई पक्राउ गरेको छ ।

संरक्षित वन्यजन्तुको आखेटोपहारसहित तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ६ झुलपाखाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उप-महानगरपालिका ३४ वर्षीया फुलमाया तामाङ, गुल्मी साविक जुभुङ्ग गा.वि.स. ८ का ३२ वर्षीय शिव पल्ली र रामेछाप दोरम्बा गाँउपालिका २का २२ वर्षीय पासाङ टसी तामाङ रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट संरक्षित वन्यजन्तु चितुवाको जस्तो देखिने छाला ‘आखेटोपहार’ एक थान बरामद गरेको छ भने आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडाैंमा पठाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्