Logo

देशको राजनीतिले कोल्टे फेर्‍यो, अब नयाँ सरकार बन्छ : प्रचण्ड



Spread the love

२१ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब नयाँ सरकार बन्ने निश्चित भएको दाबी गरेका छन्। 

कपिलवस्तुमा आयोजित पार्टीको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेसँगै देशको राजनीतिले अब कोल्टे फेरेको बताएका हुन्। ‘हिजो र आज काठमाडौंको राजनीति अलिकति फेरिएको छ’, उनले भने, ‘कांग्रेसले अर्को सरकार गठनको पहल लिने भनेपछि राजनीतिले कोल्टे फेरेको छ। मलाई कपिलवस्तु नजानु सरकार गठनमा लागौँ भनेका थिए तर म पुगेर आउँछु भनेर आएँ।’

हिजो र आजसम्मको घटनाक्रमबाट राजनीतिले कोल्टे फेरेको उनले बताए । नेपाली कांग्रेसले ओलीको तत्काल राजीनामा मागेपछि नयाँ सरकार बन्ने निश्चित भएको प्रचण्डको भनाइ थियो ।

‘तपाईंहरु सबैलाई बधाई छ । अब छिट्टै नयाँ सकार बन्ने छ । नयाँ परिस्थिति बन्ने छ । त्यही कामका लागि म छिट्टै काठमाडौं जानुपरेको हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्