Logo

ओलीले राजीनामा नदिए अविश्‍वास लगाएर हटाउँछौं : रामचन्द्र पौडैल



Spread the love

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए अविश्‍वास प्रस्ताव लगाएर हटाउने बताएका छन्।

शनिबार कांग्रेस नुवाकोटले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै पौडेलले ओलीलाई सरकारमा बस्न दिए लोकतन्त्र खतरामा पर्ने भन्दै यस्तो बताएका हुन् । 

उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौं ।’ सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनःस्थापनाका लागि आवाज उठाएका तीन दलकोबीचमा वार्ता गरी समझदारी बनाइ सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसद्‌मा अविश्वासको प्रस्ताव लैजाने बताए । उनले भने,‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमन विरुद्धमा संघर्ष गरेका र पुनस्थापनाका लागि आवाज उठाएका तीनवटा दलकोबीचमा पहिले हामी वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौं ।’ उनले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि बताए । तर यस विषयमा अन्य दलहरुसँग छलफल गर्न कांग्रेस तयार रहेको पनि स्पष्ट पारे ।

नेता पौडेलले जनता समाजवादी पार्टीले उठाएका माग सम्बोधन गर्न कांग्रेस प्रतिबद्ध रहेको बताउनुभयो । फरक प्रसङ्गमा उहाँले पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा हुने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्