Logo

नयाँ वर्षको अवसर पारेर एक साथ दुई चलचित्र प्रदर्शन



Spread the love

काठमाडौं। नयाँ वर्षको अवसर पारेर यही चैत २७ नेपाली तिन चलचित्र एक साथ प्रदर्शन हुने भनेको चलचित्र नहुने पक्का भएको छ । तर यो मितिमा अन्य दुई चलचित्र प्रदर्शन हुने पक्का भएको छन्।

अब यी दुई चलचित्र के प्रदर्शन होलान त् कि नहोला भनेर धेरैको मनमा कौतुहलता छ । के पहिलाको जस्तो चलचित्र चलायमान होलातन्, यो भन्दा अघि प्रदर्शन मिति तय भएको चलचित्र जस्तै यी चलचित्रको प्रदर्शन मिति फेरी परिवर्तन होला कि नहोला भनेर यही चैत २७ गते हेर्न बाँकी छ ।

एक साथ प्रदर्शन हुने भनेका ३ चलचित्र ‘लप्पन छप्पन–२’, ‘मन सँग मन’ र ‘कृष्ण लीला’ को स्थानमा ‘बेस्ट फ्रेन्ड’ र ‘श्री’ यहि चैत २७ मा प्रदर्शन हुने भएका हुन् ।

एभरेस्ट सूर्य बोहोराद्वारा निर्देशित चलचित्र ‘श्री’ को मुख्य भूमिकामा सन्दीप छेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, बसुन्धारा भुसाल, राजा राम पौडेल, रवीन्द्र झा, भोला सापकोटा, सविता गुरुङ, मोहन कृष्ण श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।

उक्त टिमले ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । चलचित्रका निर्माता सविता गुरुङ रहेकी छन् भने कथा तथा गीतमा प्रयोग भएका शब्द बोहोरा स्वयम्ले तयार गरेका हुन् ।

https://youtu.be/TSkxZCdpJbU

अर्को चलचित्र नयाँ वर्ष २०७८ को अवसर पारेर ‘गुड फ्रेन्ड’ साथी-साथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण भएको छ । उक्त चलचित्रको ट्रेलर बुधवार सार्वजनिक गरिएको छ ।

राजबहादुर सानेको निर्देशनमा बनेको चलचित्रको मुख्य भूमिकामा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपक विक्रम शाही, एलवी कटुवाल, राजन महर्जन, वसन्त बर्मा, पूजा महर्जन, धिरज खत्री र भूमिका सापकोटा मुख्य भूमिकामा छन् ।

वसन्त बर्माको प्रस्तुति रहेको चलचित्रको निर्मातामा बर्मा, राज सिंह र पम्फा बर्मा अनि सह निर्मातामा बारुफ बर्मा र पारुबी बर्मा छन् । चलचित्रको गीतमा सञ्जय लामा बलको सङ्गीत, प्रदीप खड्काको द्वन्द्व निर्देशन र सम्पादन प्रबल प्रधानको छ ।

ट्रेलर बुधवार सार्वजनिक

https://youtu.be/4hQvgDMGQzk

केही वर्षअघि नै निर्माण सम्पन्न भए तापनि प्रदर्शनका लागि उचित समय पर्खँदा नयाँ वर्ष २०७८ भेटिएको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्