२१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले नेता माधवकुमार नेपाल अध्याँरो सुरुङमा पसेको बताएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले ‘माधवकुमार नेपाल नेतृत्वको बागी समूह अँध्यारो सुरूङमा पसेको छ,’ सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘जसको बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन !’
उनले नेपाल पक्षलाई संयमित हुन पनि आग्रह गरेका छन् । अन्यथा विजोग हुने उनको भनाइ छ । ‘साथमा न पार्टी, न चुनाव चिन्ह, न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरूरी छ। नभए बिजोग होला है !’ उनले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्